Logo

कोमल वलीलाई पत्रकार सुवेदीको प्रश्न : यहाँका अनैतिक कर्तुत हामीले बाहिर ल्याउनुपर्ने हो ?



काठमाडौं, २१ असार । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभाकी सदस्य कोमल वलीले राष्ट्रिय सभाको आजको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा वाचन गरेको कवितालाई लिएर एमालेनिकट पत्रकार संगठनका नेता तथा जनआस्था साप्ताहिकका कार्यकारी सम्पादक विश्वमणि सुवेदी रुष्ट बनेका छन् । उनले सांसद वलीले एमालेभित्रपनि आफ्नो विचार समूहलाई बाँदरहरु भनेको भन्दै आफ्नो रुष्टता पोखेका छन् ।

पत्रकार सुवेदीले सामािजक सञ्जाल फेशबुकमा लेखेका छन्-“एमालेभित्र पनि हाम्रो विचार समूहलाई ‘बाँदरहरु’ भन्ने मान्य गायिकाज्यू, यहाँ कहिलेको एमाले ? यहाँका अनेकन राजनीतिक विचलन र अनैतिक कर्तुत हामीले बाहिर ल्याउनुपर्ने हो ?”

सुवेदीले वलीको नाम नै नलिईकन यस्तो लेखेका हुन् । उनले आफ्नो स्टाटसमा गायिकाज्यू मात्रै भनेकर सम्बोधन गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्