Logo

प्यारागन पब्लिक स्कुलले किन गर्यो अभिभावक र पत्रकारमाथि आक्रमण ?



असार २१, काठमाण्डौ । निजी विद्यालयमाथी सरकारको नियमन नपुग्दा मनोमानी झन—झन बढ्न थालेका छन् । कोरोना महामारिको बन्दाबन्दीको मारमा परेका अभिभावकमाथी शुल्क बृद्धीको भार थोपर्ने तिलगंगास्थित प्यारागन पब्लिक स्कुलमा छलफल गर्न पुगेका अभिभावकहरु उल्टै कुटिएका छन् । मनलाग्दी शुल्कबृद्धी गर्ने स्कुलले समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथी नै दुब्र्यबहार गरेको छ ।

प्रसंग प्यारागन पब्लिक स्कुल :
विगतमा निजि विद्यालयले जुन कुनै शिर्षकमा जतिसुकै शुल्क लिइएपनि बिरोध नगर्ने अभिभावक पछिल्लो समय निजि विद्यालयको चर्को सेवा शुल्कको बिरुद्धमा आवाज उठाउन थालेका छन् । लकडाउन अवधीको चर्को शुल्क बारे असन्तुष्टि पोख्न तिलगंगास्थित प्यारागन पब्लिक स्कुल पुगेका अभिभावक र विद्यालय प्रशासन बिच सोमबार कुटाकुट नै भएको छ । दोहोरो झडपका क्रममा सञ्चारकर्मीमाथी दुब्र्यबहार र क्यामेर, बुममाथी नै तोडफोड गर्नेसम्मका हर्कद विद्यालय प्रशासनबाट भएका छन् । केही समय विद्यालय परिसर यसरी रणभुमि जस्तै बन्यो ।

विद्यालयले सुविधा नै नलिएको शिर्षकमा बिल पठाएपछि अभिभावक रुष्ट बनेका थिए । मासिक शुल्क, बार्षिक शुल्क, भर्ना शुल्कमा मनलाग्दी बृद्धी गरिएपछि अभिभावकहरु सोमबार भेला भएर विद्यालय परिसरमा पुग्दैगर्दा प्रशासनले गुनासो सुन्नुको साटो उल्टै धरपकड गरेको थियो ।

हुनत, तिलगंगास्थित प्यारागन पब्लिक स्कुल यो पटक मात्रै होइन, बारम्बार बिवादमा परिरहने स्कुल हो । यहाँ, विगतमा बिद्यार्थीमाथी कुटपीट, शुल्कबृद्धी लगायतका बिषयमा बारम्बार बिवाद हुँदैआएका छन् । एनप्याब्सनकी पूर्व अध्यक्ष तथा ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालक गिता राणाकी बहिनी बिना बानुले सञ्चालन गर्दै आएको यो स्कुलले राजनीतिक शक्तिको आडमा विद्यार्थीमाथी चर्को शुल्कको मनोमानी मच्चाइरहेको छ ।

चौतर्फी विरोध :
प्यारागन पब्लिक स्कुलको व्यवस्थापनले प्राइम टाइम्स टेलिभिजन र एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघले विरोध गरेको छ । प्यारागन स्कुलले लकडाउनको अवस्थामा पनि विद्यार्थीबाट मनोमानी हिसावले शुल्क लिन खोजेपछि सोको विरोधमा अभिभावकहरुले आन्दोलन गरेको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीमाथी स्कुल व्यवस्थापनले आक्रमण गरेको थियो ।

व्यवस्थापनबाट भएको दुब्यबहार तथा संचार सामग्रीमा पुर्याएको क्षतीप्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्ती निकालेको हो । समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजाल तथा प्राइम टेलिभिजनका दीपक अर्याल र सुन्दरबहादुर गुरुङमाथि स्कुल प्रशासनमा कार्यरत साहिर उदिन भन्ने व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणबाट दुवै टेलिभिजनको क्यामेरा र बुममा क्षति पुगेको छ ।

त्यसैगरी पत्रकार महासंघ जिल्ला शाखा ललितपुरले पनि घटनाको विरोध गर्दै संचारकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । शिक्षा पत्रकार संजालले पनि घटनाको विरोध गरेको छ ।।



प्रतिक्रिया दिनुहोस्