Logo

बाढीपहिरोबाट सडक र पुलमा क्षतिः छानबिनका लागि कार्यदल गठन



काठमाडौं, असार २२ । यो वर्षको मनसुन शुरू भएदेखि नै अविरल वर्षाका कारण आएको बाढीपहिरोले सडकरपुलहरूमा ठूलो क्षति पुर्‍याएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसको छानबिनका लागि कार्यदल गठन गरेको छ । सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा मन्त्रालयले सातसदस्यीय कार्यदल गठन गरेको हो ।

मुलुकका विभिन्न स्थानमा निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरूमा अविरल वर्षाका कारण भएको क्षतिको कारणबारे विश्लेषणसहित छानबिन कार्यदलले गर्नेछ । यसैगरी आगामी दिनहरूमा यस्ता क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने उपायबारे अध्ययन तथा छानबिन गरी साउन ७ गतेभित्र कार्यदलले सिफारिश पेश गर्नेछ । साथै वर्षात् र बाढीबाट क्षतिग्रस्त भएका पुलहरूको अध्ययनरविश्लेषण गरी एक महीनाभित्र सोही कार्यदलले प्रतिवेदन पेश गर्नेछ ।

उक्त कार्यदलले क्षतिग्रस्त पुलहरू पुनर्निर्माण गर्न अपनाउनुपर्ने सावधानी, अब निर्माण गर्नुपर्ने पुलमा हुनुपर्ने जग र सुपरस्ट्रक्चरको प्रकारका विषयमा पनि प्रतिवेदनमा उल्लेख गर्नुपर्नेछ । यसैगरी कार्यदललाई पुल निर्माणमा विगतमा राम्रो कार्यसम्पदान भएका निर्माण व्यवसायी मात्रै टेण्डर प्रक्रियामा समावेश हुन पाउने सम्बन्धमा बोलपत्र पुस्तिकामा राख्नुपर्ने प्रावधानका विषयमा विस्तृत विवरण खुलाउने कार्यादेश दिइएको छ ।

कार्यदलले पुल निर्माणको म्यानुअल, यसको सुपरिवेक्षणका लागि विभागीय प्राविधिक जनशक्तिको पर्याप्तताको विषय, पुलको डिजाइन तथा निर्माणमा सडक विभाग, निजीक्षेत्रका इञ्जिनीयरहरूलाई तालीमलगायत विषयमा सुझाव पेश गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । विभागका अनुसार हाल अरनिको राजमार्गको लिपिङ पुल, सिद्धार्थ राजमार्गको गौडे पुल, हुलाकी राजमार्गको कर्णाली पुल (सतीघाट) क्षतिग्रस्त भएका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्