Logo

शिक्षण अस्पताललाई गोल्छाको ३० वटा ओभन सहयोग



काठमाडौं, असार २२ । गोल्छा गुप्रले शिक्षण अस्पताल महराजगन्जका कोभिडका स्वास्थ्यकर्मीका लागि ३० वटा सामसङ माइक्रोवेभ ओभन सहयोग गरेको छ।

गोल्छा गुप्रका निर्देशक सीमा गोल्छाले त्रिभुवन विश्वविद्यालयका डिन, इन्स्टिच्युट अफ मेडिसिनका, प्रोफेसर दिव्यासिंह साहलाई उक्त सहयोग हस्तान्तरण गरेका छन्।

उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो। गोल्छा गुप्रका निर्देशक सीमा गोल्छाले उक्त सहयोगले फ्रन्टलाइनका स्वास्थ्यकर्मी राहत पुग्ने बताइन्।



प्रतिक्रिया दिनुहोस्