Logo

ब्राजिल कोपा अमेरिकाको फाइनलमा



काठमाडौं, असार २२ । पेरुलाई झिनो अन्तरले हराउँदै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेका छ ।

भर्खरै सम्पन्न सेमिफाइनल खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो ।ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । उनले नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

क्वार्टरफाइनलको चिलीविरुद्धको खेलमा पनि पाक्वेटाले नै एक मात्र विजयी गोल गरेका थिए ।ब्राजिल दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको साविक विजेता पनि हो ।

नेयमार प्रेरित ब्राजिलले अब उपाधि भिडन्तका लागि अर्जेन्टिना वा कोलम्बियामध्ये एउटासँग खेल्ने छ । अर्जेन्टिना र कोलम्बियाबीचको दोस्रो सेमिफाइनलको खेल बुधबार बिहान हुनेछ ।



प्रतिक्रिया दिनुहोस्