Logo

खेत जोत्ने ट्रयाक्टरमा च्यापिएर विभत्स मृत्यु



चितवन, २१ असार । खेत जोत्ने क्रममा ट्रयाक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ट्रयाक्टर चालक टिकाराम न्यौपाने रहेका छन् ।

सोमबार ११ः१५ मा भरतपुर महानगरपालिका २६ खद्रौलीका स्थानिय रमेश सुवेदीको खेत जोत्ने क्रममा अचानक ट्याक्टर पल्टिदा उनि च्यापिएका थिए । उनको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्थानिय लोकप्रसाद पौडेलको अनटेष्ट ट्रयाक्टर पल्टिएको हो ।-नारायणी अनलाइनबाट



प्रतिक्रिया दिनुहोस्