Logo

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध



चितवन, २२ असार । नारायणगढ–मुग्लिन सडक खण्ड फेरि बन्द भएको छ । गयराति भरतपुर महानगरपालिका–२९ स्थित सेती दोभानमा पहिरो खसेपछि बाटो पूर्ण रुपमा बन्द भएको हो ।

पहिरो पन्छ्याउने काम भइरहे पनि पूर्ण रुपमा बाटो खुल्न दिनभर लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । सेती दोभानमा केहीदिन देखि लगातार पहिरो खसी रहेको छ ।

यस सडक खण्डमा वर्षेनी पहिरो खस्ने गरेकोमा सेती दोभानमा भने पहिलोपटक पहिरो खसेको हो । बाटो अवरु4 भएपछि सवारी साधानको लाम लागेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलसम्म गाडीको लाम लागेको छ भने मुग्लिन बजार गाडीले भरिएको छ ।



प्रतिक्रिया दिनुहोस्