Logo

३ सयले बढ्यो आज सुनको मुल्य



काठमाडौं, २२ असार । नेपाली बजारमा आज सुनको मुल्य ३ सयले बढेको छ । सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्