Logo

तालिवानसँगको भिडन्तमा अफगानी सैनिक टुकडी भागेर विदेशी भूमीमा



एजेन्सी, २२ असार । अफगानिस्तानमा तालिवान फेरि बलियो बनेको छ । अमेरिकासहित पश्चिमा देशहरुको सैनिकले अफगानिस्तान छाडेलगत्तै तालिवानले देशका विभिन्न भूभागमा नियन्त्रण कायम गर्न थालेको छ ।

बाडाकसन र ताखार प्रान्तमा तालिवानसँगको आक्रमणका क्रममा ज्यान जोगाउन अफगानी फौज छिमेकी ताजिकिस्तान पसेका छन् । ताजिकिस्तानका सैनिक अधिकृतले अफगान सैनिक तालिवानसँगको भिडन्तका क्रममा आफ्नो देश पसेको जानकारी दिएका छन् ।

अफगानिस्तानबाट अमेरिका र नाटोका सैनिकहरु फिर्ता भएका थिए । त्यसपछि तालिवान फेरि बलियो रुपमा देखिन थालेको छ ।

२० वर्षपछि तालिवान विदेशी सैनिक मुक्त भएको छ । तर, त्यहाँ फेरि तालिवानले सत्ता कब्जा गर्ने खतरा बढेको छ ।

यसैगरी, तालिवानले अफगानिस्तानका विभिन्न भूभागमा नियन्त्रण कायम गर्दै बढेको छ । यसले त्यहाँ रहेका विदेशी नागरिकको सुरक्षामा प्रश्न उठ्न थालेको छ ।

अफगानिस्तानमा नेपालीसहित विदेशी नागरिकहरु रहेका छन् । तर, नेपालीको संख्या पछिल्लो समय निकै कम भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्