Logo

कोमल वलीले भनिन्–”मेरा धारणा कुनै व्यक्तिप्रति लक्षित छैनन्”



काठमाडौं, २२ असार । राष्ट्रियसभाकी सदस्य एवम् नेकपा (एमाले) की नेतृ कोमल वलीले आफ्ना धारणा कुनै व्यक्तिप्रति लक्षित नभएको स्पष्ट पारेकी छिन् । हिजो बसेको राष्ट्रियसभाको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा कविता वाचन गरेकी थिईन् । उक्त कवितालाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उनले आफूले देश र जनताका लागि बोलेको दाबी गरेकी छिन् । उनले लेखेकी छिन्–”मेरा धारणाहरु कुनै व्यक्ति प्रति लक्षित छैनन ! देश समाज र जनताप्रति समर्पित छ! देश र जनताकालागि बोल्दा कलमहरु कसैलाई निरूत्साहित गर्न चल्नुपर्छ भन्ने छैन! कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त हुँदैन ! यो कुरा भैातिक शरिरको अन्त्यहुनेहरुले सोच्नु पर्छ !”

कोमल वलीलाई पत्रकार सुवेदीको प्रश्न : यहाँका अनैतिक कर्तुत हामीले बाहिर ल्याउनुपर्ने हो ?



प्रतिक्रिया दिनुहोस्