Logo

बैंकिङ कसुर मुद्दामा निर्देशक शिशिर राणा पक्राउ



काठमाडौं, २२ असार । बैंकिङ कसुर मुद्दामा चलचित्र निर्देशक तथा कलाकार शिबिर शमशेर ज.ब.रा (शिशिर राणा) पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले राणालाई बिजुली बजारबाट सोमबार पक्राउ गरेको हो ।

सीआईबीको अनुसार राणा विरुद्ध एक व्यक्तिले ४५ लाख ऋण लिएको र भुक्तानी गर्दा प¥याप्त रकम नभएको नबिल बैंकको चेक दिएको भन्दै मुद्दा दायर गरेपछि पक्राउ परेका हुन् । राणालाई उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो ।

टेलिसिरीयल मदन बहादुर हरी बहादुर, तितोसत्य हुँदै शिशिर राणा बिगत २०/२१ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् । उनले दुई फिल्मको निर्देशन समेत गरिसकेका छन् भने दर्जनौ फिल्ममा अभिनय गरीसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्