Logo

जसपाका दुवै पक्षका नेताहरु निर्वाचन आयोगमा, होला त मेलमिलाप ?



काठमाडौं, २२ असार । जनता समाजवादी पार्टीको विवाद समाधानको लागि निर्वाचन आयोगले आज दुवै पक्षलाई छलफलको लागि बोलाएको छ । पछिल्लो समय जसपा दुई धारमा विभाजित छ । एउटा धारको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन् भने अर्को पक्षको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् ।

आयोगमा यसअघि यादव पक्षले आधिकारिकताको लागि दाबी गरेको थियो । जसपाको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ । संसदीय दलमा भने ठाकुर पक्षको बहुमत छ । छलफलको लागि आयोगको कार्यालयमा यतिवेला अध्यक्ष ठाकुरको पक्षबाट ठाकुरसहित शरदसिंह भण्डारी, राजेन्द्र महतो, अनिल झा, केशब झा र डा. सुरेन्द्र महतो सहभागी छन् । उता, यादव पक्षबाट यादवसहित नेताहरु राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् । Photo : Mukunda Kaliote/RN



प्रतिक्रिया दिनुहोस्