Logo

जसपाका दुवै पक्षका नेताहरु निर्वाचन आयोग पुगेर भने–हामी मिल्न सक्दैनौं, नियमानुसार विभाजन होस



काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी, नेपाल विभाजन हुने भएको छ । पार्टीको विवाद समाधानको लागि निर्वाचन आयोग पुगेका दुवै पक्षका नेताहरुले आफूहरु मिल्नै नसक्ने भन्दै अब नियमअनुसार अलग गरिदिन आग्रह गरेका छन् । पछिल्लो समय जसपा दुई धारमा विभाजित छ । आजको छलफलमा उपेन्द्र यादवले अब नियमानुसार विभाजनमा जाने भनेको नेता अनिल झाले जानकारी दिए । उनले भने,‘त्यो घोषणामा उहाँ गैसकेपछि हामी त जवाफ दिने पक्ष भएकोले अर्को कुनै विकल्प छैन् । बडो दुःखका साथ भन्नुपरेको छ कि जसपा अब विभाजन हुने स्थितिमा पुगेको छ ।’

एउटा धारको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन् भने अर्को पक्षको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । आयोगमा यसअघि यादव पक्षले आधिकारिकताको लागि दाबी गरेको थियो । जसपाको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ । संसदीय दलमा भने ठाकुर पक्षको बहुमत छ ।

छलफलको लागि आयोगको कार्यालयमा यतिवेला अध्यक्ष ठाकुरको पक्षबाट ठाकुरसहित शरदसिंह भण्डारी, राजेन्द्र महतो, अनिल झा, केशब झा र डा. सुरेन्द्र महतो सहभागी थिए भने यादव पक्षबाट यादवसहित नेताहरु राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्