Logo

एमाले कार्यदलको बैठक सुरु



काठमाडौं, २२ असार । नेकपा (एमाले) को विवाद समाधानको लागि गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् अर्थमन्त्रायको हलमा बैठक सुरु भएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ताको लागि माधव नेपाल पक्षधरलाई एमाले केन्द्रीय कमिटीले हिजो साँझ ५ बजेसम्मको समयसिमा दिएको थियो ।

तर, माधव नेपाल पक्षले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने भनिसकेको छ । बैठकमा कार्यदलका सबै सदस्यहरु सहभागी छन् । कार्यदलमा रहेका नेताहरुले भने हिजोको बैठक अत्यन्तै सौहार्दपूर्ण र सकारात्मक रहेको भन्दै सहमति हुने विश्वास दिलाएका छन् । तस्विर : सञ्जिब बगालेको टिव्टरबाट



प्रतिक्रिया दिनुहोस्