Logo

कुटपिटबाट ३२ वर्षीय बोहराको मृत्यु, कुटपिटमा संलग्न ३ जना पक्राउ



कञ्चनपुर, २२ असार । कुटपिटबाट एकजनाको मृत्यृ भएको छ । कुटपिटमा संलग्न ३ जना अभियुक्तलाई प्रहरीले पक्राउ पक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका ९ ब्रह्मदेव खल्ला बस्ने ३२ वर्षीय गणेश बोहराको कुटपिटबाट मृत्यु भएको छ । साथै कुटपिटमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश पाल, ५५ वर्षीय हंश पाल र ४३ वर्षीय लाल बहादुर बोहरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित प्रकाश पालको पसल नजिक गणेश, प्रकाश, लालबहादुर लगायतका व्यक्तिहरु बिच आइतबार राति झै–झगडा हुँदा गम्भीर घाइते भएका गणेशलाई उपचारको लागि सोमबार बिहान महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी ब्रह्ममदेवबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot