Logo

जनकपुरबाट फर्किएलगत्तै प्रचण्ड माधव नेपालको निवासमा



काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । पार्टीका नेता महादेव यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी भएर जनकपुरबाट काठमाडौं फर्किएलगत्तै दाहाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।

एमालेभित्रको विवाद समाधानको लागि कार्यदल सक्रिय भएको बेला प्रचण्डले नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उता, दाहाल र नेपालबीच छलफल चलिरहँदा यता सिंहदरबारमा भने कार्यदलको बैठक बसिरहेको थियो ।

एमालेको गत शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि माधव नेपाल पक्षलाई हिजो साँझ ५ बजेसम्मको समय दिएको थियो । तर, नेपाल पक्षधले भने हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाई दिइसकेको छ । file photo



प्रतिक्रिया दिनुहोस्