Logo

मेरो पनि ४० वर्षकी छोरी क्यान्सरबाट गइन्ः प्रचण्ड



जनकपुर, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पनि क्यान्सरबाट छोरी गुमाएको स्मरण गरेका छन् । क्यान्सरबाट निधन भएका माओवादी केन्द्रीय सदस्य महादेव यादवको परिवारलाई श्रद्धाञ्जली दिन पुगेका उनले ४० वर्षकी छोरी गुमाएको स्मरण गरेका हुन् ।

‘मेरो घरमा पनि ४० वर्षकी छोरी क्यान्सरबाट गयो,’ प्रचण्डले यादव परिवारलाई सम्झाउँदै भने,‘यो जटिल खालको रोग हो ।’

प्रचण्डकी जेठी छोरी ज्ञानु दाहालको क्यान्सरबाट निधन भएको थियो । उनका छोरा प्रकाश दाहालको पनि निधन भइसकेको छ ।

प्रचण्डले यादव परिवारलाई सम्झाइरहँदा उनीहरु रोएका थिए ।



प्रतिक्रिया दिनुहोस्