Logo

भोलि फेरि बस्नेगरि एमाले कार्यदलको बैठक सम्पन्न



काठमाडौं, २२ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् अर्थमन्त्रालयको हलमा बसेको बैठकमा दुवै पक्षबाट आ–आफ्नो धारणा राख्ने काम भएको थियो । माधव नेपाल पक्षधर नेताहरुले आफ्ना असहमतिहरु राखेका थिए ।

पछिल्लो समय एमालेको विवाद मिलाउनको लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने भएकोले यो बीचमा सहमतिको प्रयास गर्ने भन्दै कार्यदल हिजोबाट व्युँतिएको हो । Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्