Logo

आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्वि



काठमाडौं, २२ असार । आज नेप्से परिसूचक ५ दशमलव २४ अंकले घट्दा ४ अर्ब बढीको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको प्रतिकित्ता १६ सय ९२ रुपैयाँले शेयरमुल्य बढेर २२ हजार ५२ रुपैयाँ कायम भएको छ । लगानीकर्ताले ८ दशमलव ३१ प्रतिशतका दरले कमाएका हुन् ।

यस्तै, माउन्टेन इनर्जी कम्पनीको आज ५.२१ प्रतिशतले शेयरमुल्य बढेको छ । प्रतिकित्ता ४३ रुपैयाँले बढेर ६६९ रुपैयाँ अन्तिममुल्य कायम भएको छ । यसैगरी, सिभिल लघुवित्तको प्रतिकित्ता ५७ रुपैयाँले शेयरमुल्य बढेर १५ सय ५१ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५३ प्रतिशतका दरले गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्