Logo

सीपीसीको विश्वका राजनीतिक पार्टीसँगको सम्मेलनमा नेपालबाट को को सहभागी



काठमाडौं, २२ असार । चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक पार्टीबीचको भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा संगठनका ५ सय नेता र एक हजार प्रतिनिधि सहभागी छन् । सम्मेलनमा नेपालबाट पनि मुख्य राजनीतिक दलका नेताहरु सहभागी छन् ।

भर्चुअल माध्यमले गरिएको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । रुसी प्रधानमन्त्री डिमिट्रि मेडभेडेभ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, श्रीलंकाका प्रधानमन्त्री महीन्द्रा राजापाक्षे, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेलगायत सहभागी छन् ।

सीले कोरोना महामारीको साना गर्न सहकार्य, आतंकवादलगायत अन्य क्षेत्रमा हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।

सीको भर्चुअल सम्बोधनमा नेपालबाट विभिन्न राजनीतिक दलका नेताहरु सहभागी छन् । सत्तारुढ दल नेकपा एमालेबाट अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, प्रवक्ता प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ र रामबहादुर थापा बादल, रघुवीर महासेठ, शिवमाया तुम्वाहाम्फे, डा. राजन भट्टराई, वृन्दा पाण्डे सहभागी छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल, देव गुरुङलगायत सहभागी छन् ।

नेपाली काँग्रेस, जसपा, नेमकिपालगायत दलबाट पनि सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्