Logo

राजनीतिक दलहरूले जनताको कुरा केन्द्रमा राख्नुपर्छः चिनियाँ राष्ट्रपति



काठमाडौं, असार २३ । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङले जनताको कुरालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरूले जनताको आवाज सुनेर समस्या समाधानमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी एक शताब्दी पुगेको अवसरमा विश्वका राजनीतिक पार्टीका नेताहरूको भर्चुअल शिखर सम्मेलनमा बोल्दै राष्ट्रपति सी जनताको समस्या समाधानका लागि उनीहरूको आवाज सुन्नुपर्ने बताएका हुन् ।

उनले आफ्नो सम्बोधनमा शान्तिपूर्ण विकास नै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को स्थिर लक्ष्य भएको बताएका छन् । सम्बोधनमा सीले विभिन्न देशका राजनीतिक दलहरूलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्न र विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा अगाडि बढ्न आह्वान गरेका छन् ।

सो सम्मेलनमा नेपालको तर्फबाट नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलको उपस्थिति छ । सम्मेलनमा १ सय ६० वटाभन्दा धेरै मुलुकका राजनीतिक पार्टी र राजनीतिक संगठनका ५ सय बढी नेता तथा १० हजारभन्दा बढी राजनीतिज्ञ सहभागी भएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्