Logo

इटाली युरो कपको फाइनलमा



एजेन्सी, २३ असार । इटाली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय खेल १-१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समय पनि गोलरहित भएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा इटाली ४-२ ले विजयी भयो ।

इटालीले ६०औं मिनेटमा चियसाको गोलबाट अग्रता लिएको थियो । स्पेनका मोराटाले ८०औं मिनेटमा बराबरी गरेका थिए ।

खेलमा स्पेनले बल अधिक समय नियन्त्रणमा लिएपनि इटालीले छिटो आक्रमण गरेको थियो ।

फिफा वरियतामा छैठौं नम्बरमा रहेको स्पेन र सातौं नम्बरमा रहेको इटाली दुवै फुटबलका महाशक्ति हुन् । इटालीले ४ पटक र स्पेनले एक पटक विश्वकप जितिसकेका छन् । तर, इटालीले खेलमा जीत हासिल गर्यो ।

अब इटालीको फाइनल भिडन्त इंग्ल्यान्ड र डेनमार्कबीचको विजयीसँग हुनेछ ।-Photo Credit: Euro2020



प्रतिक्रिया दिनुहोस्