Logo

मेसीको सानदार प्रदर्शनले अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, ब्राजिलसँग उपाधिको भिडन्त हुने



एजेन्सी, २३ असार । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियामाथि संघर्षपूर्ण जीत हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो ।

निकै रोचक फुटबल भिडन्तमा दुवै टोली निर्धारित समय र थप समयमा १-१ को बराबरीमा रहे । त्यसपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना ३-२ ले विजयी भयो ।

अर्जेन्टिनाले खेलको सातौं मिनेटमै लाउटारोको गोलमा अग्रता लिएको थियो । उनले मेसीको पासमा गोल गरेका थिए । जारी कोपा अमेरिकामा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ६१औं मिनेटमा डियाजले गोल गरी कोलम्बियालाई बराबरीमा पुर्याएका थिए । तर, पेनाल्टीमा अर्जेन्टिना भाग्यशाली ठहरियो । योसँगै लियोनल मेसीले खेल करिअरमा अर्जेन्टिनाका लागि ठूलो उपाधि जित्ने मौका बनेको छ ।

ब्राजिलमा जारी कोपा अमेरिकाको फाइनलमा फुटबलका दुई महाशक्तिराष्ट्र नै पुगेका छन् । योसँगै यसपटकको कोपा अमेरिका रोचक हुने अपेक्षा गरिएको छ ।
यसअघि ब्राजिली स्टार निमारले अर्जेन्टिनासँग फाइनल खेल्न चाहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्