Logo

पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेज गरः ने.बि.संघ



काठमाडौं, २३ असार । पेट्रोलियम पदार्थ माथी गरिएको मुल्य वृद्धि प्रती नेपाल विद्यार्थी संघले भर्त्सना गरेको छ । पेट्रोलिय पदार्थको मुल्य बृद्धिको बिरोधमा गरिएको एक कार्यक्रममा भ्रष्ट,नालायक, जनतामारा सरकारले पेट्रोलियम पदार्थमा फेरि मुल्यबृद्धि गरेको भन्दै नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले अत्यावश्यकिय उपभोग्य बस्तुमा मुल्यवृद्धिको कारण चौतर्फी महंगी बढ्ने र कोरोना संक्रमणको महामारी बाट ग्रस्त जनताले थप सास्ती खेप्नु पर्ने बताए ।

महामन्त्री तिमल्सिनाले संकटका बेला जनताको चुलो बन्द गराउने सरकार र नेपाल आयल निगमको दुर्नियत निन्दनीय भएको भन्दै पटक पटक आम उपभोक्ताको ढाड सेक्ने गरी गरिएको चर्को मुल्यवृद्धिका बिरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्न अपिल गरेका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot