Logo

नेपालमा २५ हजार ८ सय कोरोना संक्रमितको उपचार हुँदै, ६ लाख १२ हजार निको



काठमाडौं, २३ असार । नेपालमा मंगलबार २६ सय ३४ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ रहेको छ । यो ३.९९ प्रतिशत संक्रमितदर हो ।

कुल संक्रमित मध्ये ६ लाख १२ हजार संक्रमणमुक्त भइसकेका छन् । यो निको हुने दर ९४.६ प्रतिशत हो । हिजो १५ सय ६५ जना संक्रमित निको भएका थिए । देशभर २५ हजार ८ सय २८ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म नेपालमा ९ हजार २६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगलबार १५ जना संक्रमितको मृत्यु भएको हो । यो मृत्युदर १.४३ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस्