Logo

शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई कार्यान्यन गर्न शिर्ष नेतालाई ध्यानाकर्षण



काठमाडौं, २३ असार । संविधानमा ब्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन माग गर्दै शिर्ष नेताहरुलाई संयुक्त विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन् ।

आज विपक्षी गठबन्धनका शिर्ष नेतृत्व पुर्ब प्रधानमन्त्रीहरु नेपाली काँग्रेसका सभापति श्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधब कुमार नेपाल समक्ष आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका हुन् ।

संयुक्त विद्यार्थी संगठनहरुको ज्ञापनपत्रमा नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएको भन्दै संविधानतः कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने उल्लेख गरिएको छ ।

विद्यार्थी संगठनहरुले स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्ने माग राखेका छन् । यो प्रावधान व्यवहारमा कार्यान्वयन हुन नसकेको विद्यार्थी संगठनको ठहर छ ।

 



प्रतिक्रिया दिनुहोस्