Logo

१६ अंकले नेप्से घट्दा यी कम्पनीको उच्च कारोबार



काठमाडौं, २३ असार । आज २ सय २२ कम्पनीको ४६ हजार १८३ पटक कारोबार भएर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँ बराबरको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर खरिद बिक्रि भएको हो ।

नेप्सेको अनुसार आज सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता शेयरमुल्य १६ सय ९९ रुपैयाँ कायम भई ४३ करोड ५४ लाख बढीको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीको आज प्रतिकित्ता ६ सय ७७ रुपैयाँ शेयरमुल्य कायम भई २६ करोड १६ लाख बढीको कारोबार भएको छ ।

यसैगरी, हिमालयन डिष्टिलरी लिमीटेडको आज ५४ सय ६२ रुपैयाँ शेयरमुल्य कायम भई २३ करोड ५३ लाख बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम