Logo

नेपाल एसबिआई बैंकको २८औं बार्षिकोत्सवमा चिकित्सा उपकरण हस्तान्तरण



काठमाडौं, २३ असार । नेपाल एसबिआई बैंकले चिकित्सा उपकरण हस्तान्तरण गररे २८औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको हो

वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे ले वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वीर अस्पतालका उपनिर्देशक डां आशिष ढुंगाना, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot