Logo

क्याबिनेट पुनः गठन गर्दै मोदी, मन्त्रीले दिए धमाधम राजीनामा



एजेन्सी, २३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट पुनः गठन गर्दैछन् । उनले केही बेरमै ठूलो संख्यामा पुराना मन्त्री हटाएर नयाँ मन्त्री ल्याउँदैछन् ।

भारतमा मन्त्रिमण्डल पुनः गठन हुँदै गर्दा मन्त्रीहरुले धमाधम राजीनामा दिइरहेका छन् । राजीनामा दिनेहरुमा स्वास्थ्यमन्त्री हर्षवद्र्धन पनि छन् । शिक्षामन्त्री रमेश पोख्रियाल निशांकले पनि राजीनामा दिएका छन् । मन्त्रीहरु सन्तोष गंवार, देवश्री चौधरी, रतनलाल कटरिया, सञ्जय डोट्रे, थावारचन्द गेलोट, प्रताप चन्द्र सारंगी र अश्विनी चौवे छन् ।

सम्भावित मन्त्रीहरु विहान देखि मोदी निवासमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा पनि विहानै देखि प्रधानमन्त्री कार्यालयमा रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot