Logo

हैटीका राष्ट्रपतिको गोली हानी हत्या



एजेन्सी, २३ असार । हैटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या भएको छ । उनको गएराति हत्या भएको हो ।

हैटीका अन्तरिम प्रधानमन्त्री क्लाउडी जोसेफले निवासमै मोइसको हत्या भएको बताएका छन् । अलजजिराका अनुसार जोसेफले अज्ञात व्यक्तिहरु मोइसको निजी निवासमा रातको समयमा पसेर गोली हानी हत्या गरेको जानकारी दिएका छन् । घटनामा उनकी पत्नी घाइते भई अस्पताल भर्ना गरिएकी छिन् ।

राष्ट्रपति मोइसमाथि आक्रमणपछि राजधानी पोर्ट ओ प्रिन्समा गोलीको आवाज सुनिएको सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी महादेशको गरिब राष्ट्र हैटी द्वन्द्व र अस्थिरताको सामना गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्