Logo

सिंहदरबार कता फर्किएको छ ? लुटतन्त्रतर्फ कि लोकतन्त्रतर्फ (फोटोफिचर)



काठमाडौं, २३ असार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको समर्थनमा आज काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘प्रतिष्ठान तथा विश्वविद्यालयलाई फुटबल नबनाउ’, सिंहदरबार कता फर्किएको छ ? लुटतन्त्रतर्फ कि लोकतन्त्रतर्फ ?, शिक्षा र स्वास्थ्यमा राजनीति बन्द गर, रामजीरामलगायतलाई फाराम भर्न रोक लगाउनेहरुलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्