Logo

विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल नजाने, प्रचण्डले फकाउँदापनि देउवा निवास जान मानेनन्



काठमाडौं, २३ असार । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख भएको छ । लामो समयसको विवादपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच सहमति हुने संकेत देखिएका छन् । सोमबार, मंगलबार र आज (बुधबार) लगातार एमालेको कार्यदलको बैठक बसेर कार्यदलले पार्टीको विवाद समाधानको लागि भोलि निर्णायक वार्ता गर्ने र सहमति गर्ने नेताहरुले भनेका छन् । आजको बैठकपछि कार्यदलका सदस्यहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टले वार्ता सहमतितर्फ उन्मुख रहेको प्रतिक्रिया दिएका छन् ।

एमालेको विवाद मिल्न लागेको कुरा पछिल्लो समय माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन अस्विकार गर्नुले पनि पुष्टि गरेको छ । हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । जनकपुरबाट काठमाडौं ओर्लिनेबित्तिकै दाहाल नेपालनिवास पुगेका थिए ।

विश्वस्त सूत्रका अनुसार पछिल्ला दिनमा नेता नेपाल कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित विपक्षी विपक्षी गठबन्धनको बैठकमा समेत सहभागी हुन छाडेका छन् । उनले प्रचण्डलाई पार्टीभित्रको विवाद मिल्नेतर्फ अग्रसर रहेकोले अहिले आफू गठबन्धनको बैठकमा सहभागी हुन नसक्ने जवाफ दिएको पनि उच्च स्रोतको दाबी छ । दाहालले हिजो देउवा निवास जाऔं भनेर गरेको प्रस्तावलाई समेत नेपालले अस्विकार गरेको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्