Logo

मोदीद्वारा क्याबिनेट पुनः गठन, ४३ मन्त्रीले सपथ लिए



एजेन्सी, २३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट पुनः गठन गरेका छन् । उनले ४३ नयाँ मन्त्री ल्याएका छन् । जसमध्ये केही राज्यमन्त्रीको मन्त्रीमा बढुवा भएको छ ।

कोरोना भाइरसको दोस्रो लहरपछि मोदीले क्याबिनेट पुनः गठन गरेका हुन् । मन्त्री हुनेहरुमा कँग्रेस आई परित्याग गरी भाजपामा प्रवेश गरेका मध्यप्रदेशका नेता ज्योतिरादित्या सिन्धिया पनि छन् । उनका हजुरबुवा ग्वालियरका अन्तिम राजा थिए ।

नारायण टाटु राने, सर्वानन्द सोनोवाल, डा. वीरेन्द्र कुमार, रामचन्द्र प्रसाद सिंह, किरण रेज्जु, अनुराग ठाकुरलगायतले सपथ लिएका छन् । ठाकुर मन्त्रीमा बढुवा भएका हुन् ।

क्याबिनेट पुनः गठन अघि केही मन्त्रीहरुले राजीनामा दिएका थिए । राजीनामा दिनेहरुमा स्वास्थ्यमन्त्री हर्षवद्र्धन पनि छन् । शिक्षामन्त्री रमेश पोख्रियाल निशांकलगायतले पनि राजीनामा दिए ।



प्रतिक्रिया दिनुहोस्