Logo

ओली-नेपाल भेटवार्ता



काठमाडौं, २३ असार । नेकपा एमालेका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । दुई नेताबीच एमाले एकता बचाउन सहमतिका लागि वार्ता भइरहेको हो ।

ओली र नेपालले वार्तामा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई मात्र राखेको बुझिएको छ । पाण्डेले नै वार्ताको पहल गरेका हुन् ।

दुई नेताबीच लामो समययता भेटवार्ता हुन सकेको थिएन । दोस्रो तहका नेताहरुले वार्ताको पहल गर्दै आएका थिए ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बिघटित प्रतिनिधि सभाका २३ सांसदले गरेको हस्ताक्षर फिर्ताको शर्त राखेका छन् । तर, नेपालले ओली नसच्चिएको भन्दै फिर्ता लिन मानेका छैनन् । सहमतिको बिन्दु खोज्ने प्रयास चलिरहेको छ । –फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्