Logo

मेरियट होटलमा एमाले विवादको समाधान खोजिँदै, ओली-नेपालसँगै यी नेता पुगे



काठमाडौं, २३ असार । नेकपा (एमाले) को विवाद समाधानतर्फउन्मुख रहेको छ । अहिले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल कार्यदलका सदस्यहरुसहित निणाृयक छलफलमा छन् । नक्सालस्थित् होटल म्यारियटमा अहिले वार्ता जारी छ । कार्यदलका सदस्यहरुले आज दिउँसो छलफल गरेर वार्ता सहमतितर्फ उन्मुख रहेको बताएका थिए ।

ओली-नेपाल भेटवार्ता

विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल नजाने, प्रचण्डले फकाउँदापनि देउवा निवास जान मानेनन्

एमालेनिकट स्रोतकाअनुसार सहमतिको मस्यौदा समेत तयार पारिएको छ । तर, मस्यौदाबारे अध्यक्ष ओली र नेता नेपालबीच निर्णायक वार्ता गरेर टुँगोमा पुग्ने भनिएकोले अहिले म्यारियट होटलमा छलफल जारी छ । उक्त छलफलमा ओलीको तर्फबाट विष्णु पौडेल छन् भने नेपालको तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे छन् । Photo Source: Deepa Dahal/Twitter

 



प्रतिक्रिया दिनुहोस्