Logo

५५ बर्षपछि इंग्ल्यान्ड युरोकपको फाइनलमा प्रवेश



काठमाडौं, असार २४ । जारी युरोकप अन्तर्गत फानलका लागी भएको खेलमा इंग्ल्यान्ड डेनमार्कलाई हराउँदै युरोकपको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो । सन् १९६६ को विश्वकपको उपाधि जितेयता इंग्ल्यान्डले ठूला प्रतियोगितमा फाइनलसम्म पुग्न सकेको थिएन ।
खेलको १०४औँ मिनेटमा ह्यारी केनले गरेको निर्णायक गोलको मद्दतले इंग्लाल्डले फाइनलको यात्रा तय गरेको हो ।केनले हानेको पेनाल्टी डेनमार्कका गोलकिपरले बचाएपनि बाउन्स भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए ।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो । ३०औँ मिनेटमा मिकेल डाम्सगार्डले गरेको गोलबाट डेनमार्कले शुरुवाती अग्रता लिएको थियो ।

त्यस्तै खेलको ३९औँ मिनेटमा डेनमार्कका सिमन कजीरले आत्मघाती गोल गरेका थिए । इंग्ल्यान्डले अब फाइनलमा आइतबार राति १२ः ४५ बजे इटालीको सामना गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्