Logo

कर्पोरेट डेभलपमेण्ट बैंकको १३ औं साधारण सभा शुक्रबार हुँदै



काठमाडौं, २४ असार । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले असार २५ गते (भोली) साधारण सभा गर्ने भएको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकबाट १३औं वार्षिक सभा प्रधान कार्यालय वीरगंज, पर्सामा गर्ने निणर्य गरेको हो ।

शुक्रबार हुने कम्पनकिो सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने गर्ने भएको छ।

साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएका त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि गर्नेछ । असार ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागी हुन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्