Logo

ग्लोबल आइएमई क्यापिटलद्वारा डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह



काठमाडौं, २४ असार । हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ सम्म डिम्याट खाता सञ्चालन गरे बापत क्यापिटल र ग्लोबल आइएमई बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत डिम्याट खाता खोलेका हितग्राही खाताधनीलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

हितग्राही खाताधनीहरुले असारमसान्त भित्र आइएमई पे, ई सेवा र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन आग्रह गर्दै तोकिएको समयावधि असान्त मसान्त भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने क्यापिटलले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम