Logo

अमेरिकामा कति छन् कोरोना संक्रमित



एजेन्सी, २४ असार । चीनबाट गत वर्ष डिसेम्बर महिनाबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को पहिलो भन्दा दोस्रो भेरियन्टबाट मानिसहरु बढी प्रभावित भएका छन् । विश्वका अधिकांश देशहरुमा कोरोना संक्रमणको कारण लाखौ मानिसहरुले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वभरमा कोरोना संक्रमणबाट ४० लाख बढीको मृत्यु भएको छ भने अमेरिकामा मात्रै ६ लाख २१ हजार ८ सय ७३ जनाको मृत्यु भएको छ । त्यस्तै, ३ करोड ४६ लाख ४३ हजार ९०२ जना कोरोना संक्रमित भएका छन् भने २ करोड ९१ लाख ६८ हजार ३१३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा ४८ लाख ५३ हजार ७१६ जना संक्रमितको उपचार भैरहेको वल्डोमिटरले जनाएको छ । यसैगरी, ३८ सय १५ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको जनाएको छ ।

विश्वभर १ करोड १७ लाख ३५ हजार ६०७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । त्यसमध्ये पनि ७७ हजार ६६५ जनाको गम्भिर अवस्थामा उपचार भैहरेको वल्डोमिटरले जनाएको छ ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्