Logo

महिलाको यस्तो लतले परिवार ऋणमा चुर्लुम्म



एजेन्सी । लत आफैँमा खराब तत्व हो, चाहे जुन चिजमा लत लागेपनि छुटाउन निकै गाह्रो हुन्छ । केही मानिसमा खानाको लत हुन्छ भने कसैको किनमेल, घुम्नमा लत लागेको हुन्छ ।

त्यस्तै, अमेरिकामा एक महिलाले आफ्नो शपिङ्ग गर्ने लतकै कारणले परिवारलाई १ करोड रुपैयाँ बराबरको ऋणमा डुबाएकी छिन् । हाल यी महिला दुःखमा फसिरहेकी छिन् ।

ति महिलाले १९ वर्षदेखि क्रेडिट कार्डको प्रयोग गरेर सपिग गर्दै आएकी थिइन् । उनले शपिङ्ग गर्ने लत कै कारण एक करोड भन्दा धेरैको सामान खरिद गरेकी हुन् । महिलाले भने आफु एक्लै दोकान नगाएको भन्दै सामान खरिद गर्न र पैसा खर्च गर्न पतिको अनुमति लिने गरेको पनि बताएकी छिन् ।

वास्तवमा ४२ वर्षीय सुसन क्रोस्लकलाई २० वर्षको उमेरदेखि शपिङ्ग गर्ने आदत बसेको थियो । सुरुवातीमा मोज मस्तीको लागि शपिङ्ग गरेकी सुसनलाई पछि लत लाग्दै गयो । उनले आमाको क्रेडिट कार्डबाट करीब १ लाख ५२ हजार रुपैयाँ (२१ सय डलर ) को सामान खरिद गरेकी थिइन् । पछि विवाह पछि उनले ३ बच्चालाई जन्म दिएसँगै झन खर्च बढ्दै गएको हो । उनका ३ बच्चाहरु ११, ९ र ६ वर्षका छन् ।

सुसनले हेयर ड्रेसरको काम गर्छिन् । उनले १ महिनामा कपडा, ब्याग र जुत्तामा मात्रै ३ लाख रुपैयाँ (४२ सय डलर) भन्दा धेरै खर्च गर्छिन् । यी ३ चिजको बिल मात्रै ४० हजार डलरको रहेको छ । पछिल्लो दिनमा सुसनले क्रेडिट कार्डमा भएको भन्दा १ करोड बढी रकम बराबर खर्च गरेको बताएपछि ऋण लागेकोमा पति र परिवार चिन्तित भएका छ ।



प्रतिक्रिया दिनुहोस्