Logo

रामकुमारी झाँक्रीको उद्घोष : कुनै पनि जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन



काठमाडौं, २४ असार । नेकपा (एमाले) को आन्तरिक विवाद समाधान हुने दिशातर्फ सकारात्मक संकेत देखिएका छन् । कार्यदलको बैठक लगातार बसिरहेको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । कार्यदलको बैठक आज विहान पनि बसेको थियो । आजै बेलुका ७ बजे बस्नेगरि कार्यदलको बैठक सम्पन्न भएको छ । कार्यदलका सदस्यहरुले आज/भोलिभित्रै ठोस सहमति हुने दाबी गरिरहेका छन् ।

तर, माधव नेपाल पक्षधर नेतृ रामकुमारी झाँक्रीले भने अहिले कुनैपनि जालझेलमा पर्न नहुने धारणा राखेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्–‘लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुन:स्थापना एउटा अनिवार्य सर्त हो।हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ।त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुदैन।” file photo

 



प्रतिक्रिया दिनुहोस्