Logo

गोकर्ण विष्टको दाबी : अध्यक्ष ओली र माधव नेपालबीच सहमति हुन्छ, कुरा मिलिसक्यो



काठमाडौं, २४ असार । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले पार्टीभित्रको विवाद हल हुने दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज÷भोलिभित्रै सहमति हुने उनको दाबी छ । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै विष्टले कुरा मिलेको दाबी गरे ।

उनले भने,‘कुरा मिल्छ । भोलि र पर्सीसम्ममा सहमति हुन्छ । पार्टीलाई एकताबद्ध बनाएर लैजानको लागि शीर्ष नेताहरु सहमत हुनुहुन्छ ।’ कार्यदलको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्नेछ । हिजोमात्रै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच म्यारियट होटलमा पौने ३ घण्टा भेटवार्ता भएको थियो ।

तस्विर ः:मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम