Logo

दिलीप कुमारको निधनमा दुःखी हुँदै लता मंगेशकरले भनिन्, ‘सानो बहिनीलाई छाडेर जानुभो….’



एजेन्सी, २४ असार । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधनले पुरै उद्योग शोकमा डुबेको छ । आज चर्चित गायिका लता मंगेशकरले दिलीप कुमारको निधनमा धेरै दुःखी हुँदै भावुक ट्विट गरेकी छिन् ।

लताले दिलीप कुमारलाई आफ्नो ठुलो दाजु मान्दै राखी बाध्ने गरेकी थिइन् । उनले पहिलो ट्विटमा लेखेकी छिन्, ‘युुसुफ दाजु आफ्नो सानो बहिनीलाई छाडेर जानु भो’ । लताले दिलीपको निधनले एक युगको अन्त्य भएको समेत उल्लेख गरेकी छिन् ।

लताले अर्को दोस्रो ट्विटमा लेखेकी छिन्, ‘युसुफ दाजु पछिल्लो केही वर्ष देखि बिरामी हुनुन्थो, कसैलाई चिन्न सक्नुहुन्थेन । सायरा भाउजुले उनको दिनरात सेवा गर्नुभयो ।’

लताले दिलीप कुमारसँगको आफ्ना केही पुुराना तस्वीर पनि सार्वजनिक गरेकी छिन् ।

दिलीप कुमारको जन्म १९२२ मा पेशेवारमा भएको थियो । उनको वास्तविक नाम मुहम्मद युसुफ खान हो । १९४४ मा उनी बलिउड प्रवेश गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्