Logo

हैटीका राष्ट्रपतिको हत्यामा संलग्नहरु छद्मभेषमा निवासमा छिरेका थिए



एजेन्सी, २४ असार । हैटीका राष्ट्रपति जोभेनेल मोइसको हत्याका संदीग्ध ४ लाई सुरक्षाफौजले मारिदिएको छ । सुरक्षाफौजसँगको दोहोरो मुठभेडमा उनीहरु मारिएको त्यहाँका प्रहरी प्रमुख लिओन चाल्र्सको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपतिको हत्यामा संलग्न रहेको आशंकामा २ जना पक्राउ परेका छन् । उनीहरुमाथि कडा कारबाही हुने जनाइएको छ ।

प्रहरीले हत्या गरी भागेकाहरुलाई पिछा गर्दै घेराबन्दीमा पारिएको उल्लेख गरेको छ ।

हत्यामा संलग्नहरु बन्दुकधारीहरु तालिमप्राप्त विदेशी आतंकवादी भएको अमेरिकाका लागि हैटीका राजदूत बोचिट एडमन्डले बताएको अलजजिराले उल्लेख गरेको छ । उनीहरु अमेरिकाको लागूऔषधविरुद्धको एकाईको छदमभेषमा मोइसको सुरक्षाकर्मी रहेको घरमा प्रवेश गरेको जनाइएको छ ।

५२ वर्षीय राष्ट्रपति मोइस र उनकी पत्नी मार्टिन मोइसमाथि निजी निवासमै आक्रमण भएको थियो । हतियारधारी समूहले मोइसको हत्या गरेको थियो । उनकी पत्नी भने घाइते अवस्थामा अस्पताल पुर्याइएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्