Logo

देउवाको पक्षमा गरेको हस्ताक्षर असार २८ गतेअघि फिर्ता हुँदैन, अदालतको फैसलापछि एमाले एकताबद्ध हुन्छ : सुरेन्द्र पाण्डे (भिडिओसहित)



काठमाडौं, २४ असार । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको विवाद मिल्ने दाबी गरेका छन् । अहिले प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी विधिअनुसार चल्नुपर्नेमा आफूहरुले जोड दिँदै आएको सुनाए । फागुन २८ गते बैठक राखेर निर्णय नगरेको भए एमाले त्यतिवेला नै एकता भएर अघि बढ्ने थियो भन्ने उनको धारणा छ ।

उनले आफूहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर अदालतको फैसला आउनुभन्दा अघि फिर्ता नहुने दाबी गरे । तर, आफूहरुले देउवाको पक्षमा हस्ताक्षर गरेर गलत गरेको पाण्डेको स्विकारोक्ति छ । उनले भने,‘हस्ताक्षर गर्नु सही हो, राम्रो हो भनेर लागेर गरेको होईन् । तर, परिस्थिति त्यही थियो । अब संसद् पूनःस्थापना भएपनि वा संसद् विघटन सदर गरिदिएपनि हामी एक हुन्छौं ।’ अब पार्टीले गर्ने निर्णयको पक्षमा आफूहरु उभिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्