Logo

ठमेलबाट पाँच चिनियाँ नागरिक पक्राउ



काठमाडौं, २४ असार । प्रहरीले जुवा खेलेको आरोपमा पाँच चिनियाँ नागरिकलाई बुधबार पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २६ ठमेल जेपी मोडस्थित होटलमा तास खलिरहेको अवस्थामा होटल संचालक चिनियाँ नागरिक राहदानी नम्बर ई ९९८३३१२३ बहाक HE.XIAOLOMG समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नगद १ लाख २३ हजार रूपैयाँ तथा जुवातास खेल्न प्रयोग गरेको विद्युतिय १ थान टेबल, २ सय १० थान प्लाष्टिकको गोटी, १ सय ६० पत्ता तास, २ डिब्बा चिनियाँ लामो तास र खुल्ला अवस्थामा रहेको ७० पत्ता चिनियाँ लामो तास सहित पक्राउ गरेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्