Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम बढेन



काठमाडौं, २४ असार । केही दिनदेखि निरन्तर गिरावट आएको नेप्सेमा आज हरियाली छाएको छ । दुई उपसमुह बाहेक सबै समुहको नेप्से परिसुचक बढेका छन् ।

साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज नेप्से २३ दशमलव ७६ अंकले बढेर २८ सय २४ दशमलव ८९ विन्दुमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव ४१ ऋंकले बढेर ५२९ दशमलव ६६ विन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार आज २२३ कम्पनीको ५१ ह्जार ८६८ पटक कारोबार भएर ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot