Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्‍वियू क्रान्तिकारीले घेर्यो आयल निगम (फोटोफिचर)



काठमाडौं, २४ असार । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्‍वियू क्रान्तिकारीले आयल निगमअघि प्रदर्शन गरेका छन् । बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय निषेधाज्ञाबीच निगमले धेरैपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा नपाली जनता मारमा परेका छन् । यसअघि विपक्षी गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका नेताहरुले पनि आज आयग निगममा पुगेर मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तस्विर ” मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्