Logo

नेप्सेमा आज यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, २४ असार । शेयर बजार आज २३ अंकले बढ्दा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको १ करोड ३१ लाख ४१ हजार २४० कित्ता खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार सबैभन्दा धेरै आज नेपाल बैंक लिमिटेडको २१ करोड १८ लाख बढीको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टलरीको १७ करोड ४६ लाख बढीको शेयर कारोबार भएको छ ।

यसैगरी, एनआइसी एशिया बैंकको १६ करोड ७९ लाख, निफ्राको १३ करोड ९९ लाख, अपर तामाकोशीको १२ करोड ९५ लाख शेयर कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्