Logo

दिदीले गरिन् भाईको हत्या



धनगढी, २४ असार । केही दिन अगाडी कैलाली टिकापुरमा कुलोमा मृत फेला परेका नाबालक विवेक विष्टको हत्याको आरोपमा दुई युवती पक्राउ परेका छन् । सोमबारदेखि बेपत्ता भएका साढे तीन वर्षीय नाबालक विष्टको हत्याको अभियोगमा उनकै नाता पर्ने दिदी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

आज प्रहरी कार्यालय टिकापुरले पत्रकार सम्मेलन गरेर नाबालक विष्टको आरोपमा दुई युवतीलाई पक्राउ गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा दिदी नाता पर्ने युवतीले आफुले विवेकको हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ ।

प्रहरीको अनुसार नाता पर्ने दिदीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेकी हुन् । पारिवारिक रिसिबीका कारण हत्याको योजना बनेको थियो । उनकी साथीसँग विवेकको बाला फेला परपछि साथी पनि पक्राउ परेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्